वी.पी.स्मृति भवनको निर्माण कार्य सुरु
पाेखरा | जेठ २, २०८१
पोखरा: वीपी स्मृति भवन गण्डकी प्रदेश निर्माण समितिद्वारा वी पी स्मृति भवन गण्डकी प्रदेशको निर्माण कार्य सुरु भएको छ ।
पोखरा १९ लामाचौरमा रहेको आफ्नै जमिनमा अक्षय तृतीयाको पावन अवसरमा संकल्पित भवन आज एक कार्यक्रम गरि निर्माण कार्य सुरु गरिएको समितिका अध्यक्ष माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए ।
अध्यक्ष बास्तोलाका अनुसार नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति एवम् संरक्षण शुक्रराज शर्माले इट्टामा बालुवा र सिमेन्टको मसला राखी निर्माण कार्यको शुभारम्भ गरिएको बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले उक्त शुभारम्भ कार्यक्रममा बोल्दै “एतिहासिक काम नेपाली कांग्रेस गण्डकी प्रदेशले आजबाट सुरु भएको छ । नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण व्यक्तिहरु एकवद्दता भई इमान्दारितापूर्वक हातेमालो गरौं, हनुमानजीको आशिर्वादले समयमा नै भवनले पूर्ण सार्थकता पाउछ” भने ।
भवन निर्माणको पहिलो चरणमा करिब १ करोड लागत लाग्न सक्ने प्राविधिक अनुमान गरिएको र बाँकी कामको लागि थप ४ करोडको आवश्यक पर्ने निर्माण समितिले जानकारी गराएको छ । यही असोज मसान्त अगाडि नै कार्यालयबाट प्रवाह हुने सेवा कार्य सुरु हुनेगरी निर्माण कार्य सक्ने समेत निर्माण समितिको उद्घोष रहेको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

